सेवा समूह सम्बन्धी (Service Related Subject)
Full Marks: 100Jestha 2083
- 1.4+6
कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीको अवधारणा उल्लेख गर्नुहोस्। नेपालको कर्मचारी प्रशासनको सन्दर्भमा यो प्रणालीलाई प्रभावकारी तथा दक्षता पूर्वक कार्यान्वयनमा ल्याउन के-कस्ता कुराहरूमा विचार पुर्याउनु आवश्यक देखिन्छ ? व्याख्या गर्नुहोस्।
State the concept of performance based incentive system. What needs to be considered in the context of Nepalese personnel administration to make this system implemented effectively and efficiently? Explain.
- 2.5+5
निर्णय प्रक्रियाका प्रमुख चरणहरूबारे चर्चा गर्नुहोस्। सार्वजनिक निकायका निर्णयहरूको प्रभावकारी कार्यान्वयन गराउन नेतृत्वकर्ताले के गर्नुपर्ला ? आफ्ना मौलिक सुझावहरू प्रस्तुत गर्नुहोस्।
Discuss the main steps of decision-making process. What should leadership do for effective implementation of decisions of public organizations? Mention your own suggestions.
- 3.3+3+4
व्यवस्थापन परीक्षण भन्नाले के बुझिन्छ ? स्पष्ट पार्नुहोस्। नेपालका सार्वजनिक संगठनहरूमा व्यवस्थापन परीक्षणको आवश्यकता किन छ ? चर्चा गर्दै व्यवस्थापन परीक्षणका प्रक्रियाहरू विस्तृतरूपमा उल्लेख गर्नुहोस्।
Clarify, what is meant by Management Audit? Discussing why there is a need for management audit in public organizations in Nepal, and mention the procedures of management audit in detail.
- 4.5+5
नेपालको सार्वजनिक ऋणको मौजुदा अवस्थाको समीक्षा गर्दै मुलुकलाई ऋणको साङ्लो (Debt-trap) मा फस्न नदिनका लागि के-कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला ? आफ्ना रचनात्मक सुझाव दिनुहोस्।
Reviewing the current situation of public debt of Nepal and what measures should the country adopt for not allowing to fall in debt-trap? Give your constructive suggestions.
- 5.4+6
नेपालको कर प्रणालीका मुख्य-मुख्य विशेषताहरू उल्लेख गर्नुहोस्। नेपालको मूल्य अभिवृद्धि कर प्रणालीका मुलभूत समस्याहरूको वर्णन गर्नुहोस्।
Mention the key characteristics of the tax system of Nepal. Describe the fundamental problems of value-added tax system of Nepal.
- 6.10
सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा उल्लेखित मालसामान खरिदका विभिन्न विधिहरूबारे चर्चा गर्नुहोस्।
Discuss are the different methods of goods procurement mentioned in Public Procurement Act, 2063 and Public Procurement Regulation, 2064.
- 7.6+4
सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार ल्याउन वित्तीय प्रतिवेदन प्रणाली सुदृढ हुनुपर्दछ। नेपालमा सङ्घ, प्रदेश र स्थानीय तहको वित्तीय प्रतिवेदन प्रणालीको बारेमा विस्तृतरूपमा जानकारी दिँदै वित्तीय प्रतिवेदनमा खाता सूची र एकल खाता कोषको भूमिका स्पष्ट पार्नुहोस्।
The financial reporting system should be strengthened to improve public financial management. Provide in details about the financial reporting system of the federal, provincial and local levels in Nepal and clarify the role of the Chart of Accounts and the Treasury Single Account in financial reporting.
- 8.5+5
महालेखा परीक्षकको प्रतिवेदन अध्ययन गर्दा प्रत्येक वर्ष बेरुजु बढ्दै गएको देखिन्छ। बेरुजुको परिमाण बढ्दै गएको कारणबाट सार्वजनिक वित्तीय व्यवस्थापनमा पर्ने असरको विश्लेषण गर्दै बेरुजु न्यूनीकरणका लागि आन्तरिक नियन्त्रण प्रणालीको भूमिका स्पष्ट पार्नुहोस्।
While reviewing the report of Auditor General's, it has been observed that the amount of irregularity is increasing every year. Analyze the impact of the cause of increasing amount of irregularity in public financial management and clarify the role of the internal control system to minimize the irregularity.
- 9.4+6
मिनिपार्लियामेन्ट तथा वर्कसप अफ पार्लियामेन्ट (लघु संसद र संसदको कार्यशाला) भनेर चिनिने संसदीय समितिको औचित्यताबारे प्रष्ट पार्नुहोस्। संसद, समिति र संवैधानिक निकायहरूबीचको त्रिकोणात्मक सम्बन्धबारे व्याख्या गर्नुहोस्।
Clarify about relevancy and rationality of the parliamentary committees are recognized as miniparliament and workshop of parliament. Describe the triangular interrelationship among parliament, committees and constitutional bodies.
- 10.7+3
नेपालको संविधानमा तीन तहका सरकारहरूबीच भएको विधायिकी अन्तरसम्बन्धबारे व्याख्या गर्नुहोस्। साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरिने विधेयकहरूका सम्बन्धमा उल्लेख गर्नुहोस्।
Explain the legislative interrelationship among the three levels of government in the Constitution of Nepal. Also, mention about the bills that are presented in a joint meeting of the House of Representatives and the National Assembly.
समाप्त