HaakimSaab
HaakimSaab.
Read.Revise.Rise.

Loading

Below is the latest paper asked in Public Service Commission (Lok Sewa) Section Officer exam in 2083 Jestha 16.

HaakimSaabHaakimSaab.
Time: 3 hours

समसामयिक विषय (Contemporary Issues)

Full Marks: 100

Jestha 2083


Section A30 Marks
  1. 1.
    2+8

    सामाजिक सुरक्षाको अवधारणाबारे प्रष्ट पार्दै नेपालले अवलम्बन गरेको सामाजिक सुरक्षासम्बन्धी नीति र कार्यक्रमहरूको दिगोपना र लक्षित समूह केन्द्रित दृष्टिकोणबाट समीक्षा गर्नुहोस्।

    Clarifying the concept of Social Security, and review the policies and the programs of Social Security adopted by Nepal with the prospective of sustainability and focusing on targeted group.

  2. 2.
    3+7

    सम्पत्ति शुद्धीकरण भन्नाले के बुझिन्छ ? अवैध सम्पत्ति शुद्धीकरण अपराध नियन्त्रणको लागि के-कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला ? आफ्ना तर्कपूर्ण भनाई प्रस्तुत गर्नुहोस्।

    What do you understanding by money laundering? What measures should be adopted to control the crime of illegal money laundering? Present with your own logical argument.

  3. 3.
    3+3+4

    नेपालको सन्दर्भमा खाद्य सुरक्षा सुनिश्चित गर्न विद्यमान समस्या तथा चुनौतीहरू उल्लेख गर्नुहोस्। खाद्य सुरक्षा र खाद्य सम्प्रभुताबीचको सम्बन्धको विश्लेषण गर्दै नेपालमा दिगो र आत्मनिर्भर खाद्य प्रणाली प्रवर्धनका लागि प्रभावकारी उपायहरूबारे चर्चा गर्नुहोस्।

    State the current problems and challenges to ensure food security in the context of Nepal. Analyzing the relationship between food security and food sovereignty, discuss effective measures to promote sustainable and self-reliant food system in Nepal.

Section B20 Marks
  1. 4.
    4+6

    प्रत्यक्ष वैदेशिक लगानीबाट हुने फाइदाहरू के-के हुन् ? नेपालमा यस्तो लगानीलाई आकर्षित गर्नका लागि देखा परेका समस्या र चुनौतीहरू के-के हुन् ? उल्लेख गर्नुहोस्।

    What are the benefits of foreign direct investment? What are the problems and challenges faced in attracting such investment in Nepal? Mention.

  2. 5.
    4+6

    वैदेशिक रोजगारी मार्फत आर्जन गरिएका सीपहरूको प्रभावकारी उपयोग गर्ने सम्बन्धमा विद्यमान चुनौतीहरूको विश्लेषण गर्नुहोस्। साथै स्वदेश फर्किएका श्रमिकहरूको सीप र अनुभवलाई नेपालको अर्थतन्त्रमा प्रभावकारीरूपमा उपयोग गर्ने उपायहरू के-के हुन् सक्छन् ? चर्चा गर्नुहोस्।

    Analyze the challenges related to the transferability of skills effectively gained through foreign employment. Also discuss measures that could better integrate to use skills an experiences of returnee migrants into Nepal's economy.

Section C30 Marks
  1. 6.
    2+4+4

    मानव विकासको अवधारणा प्रष्ट पार्नुहोस्। नेपालको वर्तमान मानव विकासको अवस्थाको समीक्षा गर्दै मानव विकासको अवस्थालाई थप सुदृढ गर्न आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव दिनुहोस्।

    Clarify the concept of Human Development. Review the existing condition of Human Development of Nepal and suggest the steps to be taken in the days to come to further strengthen of its condition in Nepal.

  2. 7.
    5+5

    दिगो विकास लक्ष्य हासिल गर्न आर्थिक विकास र प्राकृतिक स्रोतहरूको प्रयोगबीच सन्तुलन कायम गर्न आवश्यक हुन्छ। नेपालमा भूमि, पानी, वन तथा अन्य प्राकृतिक स्रोतहरू जीविकोपार्जन र विकास गतिविधिका आधारभूत स्रोत हुन्। तर बढ्दो जनसंख्या दबाब, तीव्र सहरीकरण र अव्यवस्थित स्रोत उपयोगका कारण प्राकृतिक स्रोतहरूको वहन क्षमता (Carrying Capacity) र दीर्घकालीन दिगोपनाबारे चिन्ता बढ्दै गएको छ। प्रस्तुत सन्दर्भमा, निम्न प्रश्नहरूको उत्तर दिनुहोस्। (क) नेपालको सन्दर्भमा भूमि, पानी र अन्य प्राकृतिक स्रोतहरूको वहन क्षमताको अवधारणा दिगो विकास लक्ष्य प्राप्त गर्न किन महत्त्वपूर्ण छ ? विश्लेषण गर्नुहोस्। (ख) दीर्घकालीन विकास र वातावरणीय पक्षबीच सकारात्मक सम्बन्ध स्थापित गर्न नेपालका विकास नीतिहरूले दिगो स्रोत व्यवस्थापनलाई कसरी प्रभावकारी रूपमा समेट्दै आबद्ध (Integrate) गर्न सक्छन् ? उल्लेख गर्नुहोस्।

    The pursuit of the Sustainable Development Goals requires to balance economic development with the use of natural resources. In Nepal, land, water, forests and other natural resources are the foundation of livelihoods and development activities. However, increasing population pressure, rapid urbanization, and unplanned resource use have raised concerns about the carrying capacity of natural resources and their long-term sustainability. In this context, answer the following questions: (a) Analyze why the concept of carrying capacity of land, water, and natural resources is important for achieving the Sustainable Development Goals in context of Nepal. (b) How Nepal's development policies can effectively integrate sustainable resource management to establish the positive relationship between long term development and environmental aspects? State.

  3. 8.
    3+7

    विश्वव्यापीकरणको अवधारणा प्रस्तुत गर्नुहोस्। साथै, विश्वव्यापीकरणको माध्यमबाट विकास प्रक्रियालाई द्रुतगति दिने व्यावहारिक उपायहरूबारे चर्चा गर्नुहोस्।

    Present the concept of globalization. Also discuss practical measures for development process can be accelerated through globalization.

Section D20 Marks
  1. 9.
    5+5

    नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावले गर्दा पानीका विद्यमान स्रोतमाथि के-कस्तो असर पार्ने सम्भावना देखिन्छ ? पानीको स्रोतमाथिको सम्भाव्य असरलाई न्यूनीकरण गर्न के-कस्ता पहलकदमी लिनु जरूरी छ ? उल्लेख गर्नुहोस्।

    What are the impact of ongoing climate change on potential water sources available in Nepal? What measures should be implemented to mitigate the possible effects on these water sources? State.

  2. 10.
    6+4

    नेपालको सन्दर्भमा विकास र वातावरणलाई राष्ट्रिय र साझा सवालभन्दा पनि निकायगत र क्षेत्रगत सवालको रूपमा हेरिँदा विकासको एजेन्डा अपेक्षितरूपमा अगाडि बढ्न सकेको छैन। यस सन्दर्भमा वातावरण संरक्षण र विकासलाई सन्तुलितरूपमा अगाडि बढाउन कस्तो कदम चाल्नुपर्ला ? सरोकारवालाको भूमिकासमेत प्रकाश पार्दै आफ्नो धारणा प्रस्तुत गर्नुहोस्।

    As the development and environmental issues are to be considered as a sectoral and institutional issues rather than the national and common issues of development, the development agenda of Nepal has not been moved as per the expectation. In this context, what steps can be taken to balance development and environment protection? Express your own views with highlighting the role of stakeholders.

समाप्त

Want a manual check to your answers?

Sign in to HaakimSaab and get three answers a week checked and fully reviewed by our experts, so you know exactly where your weaknesses are.

Start preparing free