HaakimSaab
HaakimSaab.
Read.Revise.Rise.

Loading

HaakimSaabHaakimSaab.
Time: 3 hours

शासन प्रणाली (Governance Systems)

Full Marks: 100

Chaitra 2075


Section A
  1. 1.
    (4 + 3 + 3) = 10

    नेपालको संविधानमा बहुस्तरीय शासन प्रणालीलाई संस्थागत गर्न के-कस्ता प्रावधान रहेका छन्? संघीय, प्रदेश तथा स्थानीय तहका शासनबीचको सहकार्यतालाई प्रवर्द्धन गर्ने सन्दर्भमा देखापरेका चुनौतीको विवेचना गर्नुहोस् ।

    What are the provisions enshrined in the Constitution of Nepal to institutionalize multi-level governance? Assess the challenges in course of promoting collaboration between the federal province and local level governance.

  2. 2.
    10

    निपुण शासन (Efficient Governance) र प्रभावकारी शासन (Effective Governance) को बीचमा रहेको भिन्नतालाई शासनका सिद्धान्तका आधारमा कसरी छुट्याउनुहुन्छ ?

    How do you distinguish between Efficient Governance and Effective Governance on the basis of Governance Theory?

  3. 3.
    (5 + 5) = 10

    नेपालमा सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन के कस्ता कानूनी र नीतिगत व्यवस्थाहरू गरिएका छन् ? यसको अपवादहरू उल्लेख गर्नुहोस् ।

    What are the legal and policy provisions made to maintain transparency in the public sector of Nepal? Justify its exceptions.

Section B
  1. 4.
    (5 + 5) = 10

    नेपालको संविधानका पाँचवटा प्रमुख विशेषताहरू बारे वर्णन गर्नुहोस् । कानूनी शासनले नेपालको शासन प्रणालीको लोकतान्त्रिक मूल्य र मान्यता कसरी स्थापित गर्छ ?

    Describe five major features of the Constitution of Nepal. How does rule of law could be established democratic norms and values in governance system of Nepal?

  2. 5.
    10

    नेपालमा मानव अधिकार सम्बन्धी संस्थागत र कानूनी व्यवस्थाबारे जानकारी गराउँदै विकास र मानव अधिकार बीच कस्तो अन्तरसम्बन्ध हुन्छ? प्रकाश पार्नुहोस् ।

    Informing about the institutional and legal provisions of human rights in Nepal, discuss the inter-relationship between development and human rights. Elucidate.

Section C
  1. 6.
    (5 + 5) = 10

    सदाचार र नैतिकता भन्नाले तपाईंले के बुझ्नुहुन्छ ? के सार्वजनिक सेवा बडापत्रले निजामती कर्मचारीको नैतिकता बढाउन सहयोग गर्छ ?

    What do you mean by ethics and morality? Does public service charter help to boost up the morality of civil servants?

  2. 7.
    10

    उत्तरदायित्व भनेको के हो ? शासनमा उत्तरदायित्वको आवश्यकता र महत्व उल्लेख गर्नुहोस् ।

    What is mean by Accountability? What is the necessity and importance of Accountability in Governance?

  3. 8.
    (4 + 6) = 10

    कर्मचारीतन्त्रको लालफित्ताशाही भनेको के हो ? नेपालको कर्मचारीतन्त्रमा यसको सुधार गर्ने उपायहरू प्रस्तुत गर्नुहोस् ।

    What is "Red Tapism" of Bureaucracy? Present the ways to reform Bureaucracy in Nepal.

  4. 9.
    (5 + 5) = 10

    नेपालले जलवायु परिवर्तनका कारण सामना गर्नुपरेका मुख्य समस्याहरू दर्शाउनुहोस् । यसमा सुधार गर्न कार्यान्वयनयोग्य सुझावहरू दिनुहोस् ।

    Highlight the main problems of climate change in Nepal. Write implementable suggestions to overcome these problems.

  5. 10.
    10

    वातावरण र विकास बीच के सम्बन्ध छ? चर्चा गर्नुहोस् ।

    What is the relation between Environment and Development? Discuss.

समाप्त

Want a manual check to your answers?

Sign in to HaakimSaab and get three answers a week checked and fully reviewed by our experts, so you know exactly where your weaknesses are.

Start preparing free