शासन प्रणाली (Governance Systems)
10 questions · 100 marks · 3 hours
- 1.(4 + 3 + 3) = 10
नेपालको संविधानमा बहुस्तरीय शासन प्रणालीलाई संस्थागत गर्न के-कस्ता प्रावधान रहेका छन्? संघीय, प्रदेश तथा स्थानीय तहका शासनबीचको सहकार्यतालाई प्रवर्द्धन गर्ने सन्दर्भमा देखापरेका चुनौतीको विवेचना गर्नुहोस् ।
What are the provisions enshrined in the Constitution of Nepal to institutionalize multi-level governance? Assess the challenges in course of promoting collaboration between the federal province and local level governance.
- 2.10
निपुण शासन (Efficient Governance) र प्रभावकारी शासन (Effective Governance) को बीचमा रहेको भिन्नतालाई शासनका सिद्धान्तका आधारमा कसरी छुट्याउनुहुन्छ ?
How do you distinguish between Efficient Governance and Effective Governance on the basis of Governance Theory?
- 3.(5 + 5) = 10
नेपालमा सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन के कस्ता कानूनी र नीतिगत व्यवस्थाहरू गरिएका छन् ? यसको अपवादहरू उल्लेख गर्नुहोस् ।
What are the legal and policy provisions made to maintain transparency in the public sector of Nepal? Justify its exceptions.
- 4.(5 + 5) = 10
नेपालको संविधानका पाँचवटा प्रमुख विशेषताहरू बारे वर्णन गर्नुहोस् । कानूनी शासनले नेपालको शासन प्रणालीको लोकतान्त्रिक मूल्य र मान्यता कसरी स्थापित गर्छ ?
Describe five major features of the Constitution of Nepal. How does rule of law could be established democratic norms and values in governance system of Nepal?
समसामयिक विषय (Contemporary Issues)
10 questions · 100 marks · 3 hours
- 1.(4 + 3 + 3) = 10
सामाजिक द्वन्द्व भन्नाले के बुझिन्छ? द्वन्द्व र विवादका बीचमा कुनै फरक हुन्छ् यिनको प्रकृति र दायरामा फरक देखाउनुहोस् ।
What do you mean by social conflict? Is there any differences between conflict and disputers? Differentiate its nature and scope.
- 2.(5 + 5) = 10
'राष्ट्रिय साधन र स्रोतको समन्यायिक वितरण विना सीमान्तकृत वर्गलाई राज्यको मूल प्रवाहमा समाहित गर्न सकिदैन' भन्ने भनाईप्रति आफ्नो स्पष्ट धारणा राख्दै नेपाल सरकारबाट साधन स्रोतको समन्यायिक वितरणमा के कस्ता नीतिगत व्यवस्था गरेको छ? लेख्नुहोस् ।
Clearly give your views on "Marginalized group of the state can not be included in the main stream of state affairs without equitable distribution of national resources and means". Also mention the equitable justice policy on distribution of resources adopted by Government of Nepal.
- 3.(4 + 6) = 10
सामाजिक न्याय र समानतामा के फरक छ? नेपालको संविधानमा सामाजिक न्यायका बारेमा गरेका प्रावधानहरू उल्लेख गर्नुहोस् ।
What is the difference between social justice and equality? Mention the provisions of the constitution of Nepal about social justice.
- 4.(4 + 6) = 10
नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान दिने पाँचवटा क्षेत्रहरू उल्लेख गर्नुहोस् । यी क्षेत्रहरूबाट अधिक फाइदा लिन के गर्नुपर्दछ? संक्षेपमा उत्तर दिनुहोस् ।
Mention five sectors which have significant Contribution for the economic development of Nepal. What measures would you suggest to get more advantages from these sectors. Write in brief.