HaakimSaab
HaakimSaab.
Read.Revise.Rise.

Loading

HaakimSaabHaakimSaab.
Time: 3 hours

समसामयिक विषय (Contemporary Issues)

Full Marks: 100

Chaitra 2075


Section A
  1. 1.
    (4 + 3 + 3) = 10

    सामाजिक द्वन्द्व भन्नाले के बुझिन्छ? द्वन्द्व र विवादका बीचमा कुनै फरक हुन्छ् यिनको प्रकृति र दायरामा फरक देखाउनुहोस् ।

    What do you mean by social conflict? Is there any differences between conflict and disputers? Differentiate its nature and scope.

  2. 2.
    (5 + 5) = 10

    'राष्ट्रिय साधन र स्रोतको समन्यायिक वितरण विना सीमान्तकृत वर्गलाई राज्यको मूल प्रवाहमा समाहित गर्न सकिदैन' भन्ने भनाईप्रति आफ्नो स्पष्ट धारणा राख्दै नेपाल सरकारबाट साधन स्रोतको समन्यायिक वितरणमा के कस्ता नीतिगत व्यवस्था गरेको छ? लेख्नुहोस् ।

    Clearly give your views on "Marginalized group of the state can not be included in the main stream of state affairs without equitable distribution of national resources and means". Also mention the equitable justice policy on distribution of resources adopted by Government of Nepal.

  3. 3.
    (4 + 6) = 10

    सामाजिक न्याय र समानतामा के फरक छ? नेपालको संविधानमा सामाजिक न्यायका बारेमा गरेका प्रावधानहरू उल्लेख गर्नुहोस् ।

    What is the difference between social justice and equality? Mention the provisions of the constitution of Nepal about social justice.

Section B
  1. 4.
    (4 + 6) = 10

    नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान दिने पाँचवटा क्षेत्रहरू उल्लेख गर्नुहोस् । यी क्षेत्रहरूबाट अधिक फाइदा लिन के गर्नुपर्दछ? संक्षेपमा उत्तर दिनुहोस् ।

    Mention five sectors which have significant Contribution for the economic development of Nepal. What measures would you suggest to get more advantages from these sectors. Write in brief.

  2. 5.
    10

    "आज वैदेशिक रोजगारी नेपालका लागि बाध्यता हो, आर्थिक विकासका लागि दीर्घकालसम्म यो राम्रो होइन ।" विश्लेषणात्मक तर्क दिनुहोस् ।

    "Foreign employment is compulsion for Nepal today, it is not good for economic development in the longrun." Give your analytical views.

Section C
  1. 6.
    10

    मानक विकासका सुचकाङ्कहरू के के छन्? चर्चा गर्नुहोस् ।

    What are the indicators of human development? Discuss.

  2. 7.
    (2×5) = 10

    छोटकरीमा लेख्नुहोस् । (क) समुदायमा आधारित विकासको औचित्य (ख) दिगो विकासका लक्ष्यहरू र नेपाल

    Write short notes on: (a) Rationale of community based development (b) Sustainable development goals and Nepal

  3. 8.
    (3 + 3 + 4) = 10

    विकास प्रक्रियामा सूचना, संचार प्रविधिले खेल्ने भूमिकाको उल्लेख गर्नुहोस् । विगत केही वर्षयता नेपालको सन्दर्भमा सूचना प्रविधिको क्षेत्रमा भएका महत्त्वपूर्ण उपलब्धिहरूको चर्चा गर्दै यसलाई थप प्रभावकारी बनाउन आफ्ना मौलिक सुझाव प्रस्तुत गर्नुहोस् ।

    Mention the role of information and Communication technology in development process highlighting some important achievements in this sector in Nepal. How can we adopt the information technology in a more effective way? Suggest.

Section D
  1. 9.
    10

    मानव स्रोत व्यवस्थापनमा कुन कुन कार्य पर्दछन्? छोटकरीमा विवेचना गर्नुहोस् । यी कार्यहरू अन्तर्गत कुन कुन क्रियाकलाप गरिन्छ? उल्लेख गर्नुहोस् ।

    What are the functions of human resource management? Explain in brief. What are the activities that are done under each of those functions? Mention.

  2. 10.
    10

    सार्वजनिक–निजी साझेदारीलाई द्रुतगतिको विकास गर्न एउटा माध्यमको रूपमा लिइन्छ । तर नेपालमा यो त्यति सफल भैसकेको छैन । अतः सार्वजनिक निजी साझेदारी (PPP) को स्थितिमा सुधार ल्याउन कस्तो तरिका उपनाउनु पर्छ?

    'Public-Private Partnership' is considered as a means of fast paced developments. But it has not been very successful in Nepal. What measures should be applied to improve the existing status of PPP?

समाप्त

Want a manual check to your answers?

Sign in to HaakimSaab and get three answers a week checked and fully reviewed by our experts, so you know exactly where your weaknesses are.

Start preparing free