HaakimSaab
HaakimSaab.
Read.Revise.Rise.

Loading

HaakimSaabHaakimSaab.
Time: 3 hours

शासन प्रणाली (Governance Systems)

Full Marks: 100

Chaitra 2073


Section A
  1. 1.
    (3 + 3 + 4) = 10

    नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापनको परिचय दिनुहोस् । राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका समसामयिक सवालहरूको विवेचना गर्दै नेपालले अवलम्बन गर्नुपर्ने भावी रणनीतिबारे चर्चा गर्नुहोस् ।

    Give an introduction of the National Security Management of Nepal. What are the contemporary issues in National Security Management and what kinds of strategy should Nepal adopt in coming days?

  2. 2.
    10

    राष्ट्र र राज्यबारे नेपालको संविधानले गरेको व्यवस्था उल्लेख गर्दै राष्ट्र निर्माण र राज्य निर्माणका अवधारणा बारेमा चर्चा गर्नुहोस् ।

    Write the constitutional provision of nation and state, discuss its concepts of nation building and state building.

  3. 3.
    (4 + 3 + 3) = 10

    नेपालको कार्यपालिकाको गठन विधि उल्लेख गर्दै कार्यपालिकाको विधायिकी वित्तीय भूमिकाबारे स्पष्ट गर्नुहोस् ।

    Mention the process of forming the executive branch of Nepal and describe its legislative and financial roles.

  4. 4.
    10

    नागरिक अधिकार र नागरिक जिम्मेवारीको सन्बन्धमा नेपालको संविधानले के कस्तो व्यवस्था गरेको छ ? नागरिक अधिकार र नागरिक जिम्मेवारीको पूर्ण प्रयोगको लागि आवश्यक नागरिक चेतनाको अभिवृद्धि कसरी गर्न सकिन्छ ?

    Mention the constitutional provision on civil right and civil responsibility in the constitution of Nepal. How could we enhance civic sense in public to materialize the civil right, civil responsibility properly?

Section B
  1. 5.
    (5 + 5) = 10

    सकारात्मक विभेद भन्नाले के बुझिन्छ ? सकारात्मक विभेदको पक्ष र विपक्षमा चर्चा गर्नुहोस् ।

    What do you understand by positive discrimination? Mention the pros and cons of positive discrimination.

Section C
  1. 6.
    (2 + 4 + 4) = 10

    सार्वजनिक नीतिको परिभाषा गर्नुहोस् र नेपालमा सार्वजनिक नीति कार्यान्वयन प्रक्रियामा रहेका समस्या र समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।

    Define public policy and write down the problems and solution in public policy implementation process in Nepal.

  2. 7.
    10

    विद्युतीय शासन भन्नाले के बुझिन्छ ? विद्युतीय शासनलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।

    What do you understand by e-governance? What measure to be taken to make effective e-governance? Suggest.

  3. 8.
    (4 + 6) = 10

    सार्वजनिक व्यवस्थापनको सन्दर्भमा सदाचारिताको महत्त्वमाथि प्रकाश पार्नुहोस् । नेपालको सार्वजनिक प्रशासनमा सदाचारिता सुनिश्चित गर्न के कस्ता सुधारहरू आवश्यक ठान्नुहुन्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।

    Highlight the importance of integrity in the context of public management. What sorts of reforms do you think necessary for ensuring integrity in the Nepalese public administration? Present your opinion.

  4. 9.
    (5 + 5) = 10

    सहस्राब्दी विकास लक्ष्यका सन्दर्भमा नेपालले हासिल गरेको प्रगतिको समीक्षा गर्दै चौधौँ योजनाको सोच, लक्ष्य र उद्देश्य प्राप्त गर्न अघि सारिएका प्रमुख रणनीतिहरू औँल्याउनुहोस् ।

    Reviewing the progress achieved by Nepal in respect to the Millennium Development goals (MDG). Indicate major strategies put forward to attain vision, targets and objectives of the fourteenth plan.

  5. 10.
    10

    सामाजिक उत्तरदायित्व के हो ? सार्वजनिक वित्तीय व्यवस्थापनमा सामाजिक उत्तरदायित्वको के के महत्त्व छ ? विश्लेषण गर्नुहोस् ।

    What is social accountability? What are the importance's of social accountability in public financial management? Analysis.

समाप्त

Want a manual check to your answers?

Sign in to HaakimSaab and get three answers a week checked and fully reviewed by our experts, so you know exactly where your weaknesses are.

Start preparing free