HaakimSaab
HaakimSaab.
Read.Revise.Rise.

Loading

HaakimSaabHaakimSaab.
Time: 3 hours

समसामयिक विषय (Contemporary Issues)

Full Marks: 100

Chaitra 2073


Section A
  1. 1.
    10

    जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, संरक्षणको महत्त्व र आवश्यकताबारे आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

    Give your opinion on needs and importance of social security, protection for senior citizen.

  2. 2.
    10

    विद्युतीय अपराध भन्नाले के बुझिन्छ ? यो नियन्त्रण गर्न कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ?

    What do you understand about the cyber crime? What measures should be applied to control it?

  3. 3.
    10

    नेपाली समाजमा विद्यमान् आर्थिक, सामाजिक असमानता र सीमान्तीकरणबारे विश्लेषण गर्दै यसले सृजना गरेको द्वन्द्वहरूको पहिचान गरी समस्या समाधान गर्न के गर्नुपर्ला ?

    Analyse the economic and social disparties and marginalization in Nepalese society. Identify the reason of conflict and suggest to control it.

Section B
  1. 4.
    10

    आर्थिक बृद्धि र आर्थिक विकास बीचको फरक बताउँदै नेपालले हालसम्म सो अनुसारको विकासका लक्ष्यहरू प्राप्त गर्न नसक्नुका कारण बारे आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।

    Differentiate economic growth and economic development and give reasons why Nepal has not yet achieved the development goals as expected?

  2. 5.
    10

    सहकारीको आधारभूत सिद्धान्तहरू के हुन् ? आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिकाबारे विवेचना गर्नुहोस् ।

    What are the basic principles of co-operative? Discuss about the role of co-operative sector in economic development.

Section C
  1. 6.
    10

    पूर्वाधार विकासले देशको आर्थिक बृद्धि एवम् विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विकासशील देशमा पूर्वाधार विकासमा देखिएका प्रमुख चुनौतिबारे उल्लेख गर्नुहोस् ।

    Infrastructure development plays an important role in economic growth and development of country. Explain key challenges of infrastructure development in the developing countries.

  2. 7.
    5 + 5 = 10

    देशको विकासमा सरकारी, नीजी एवम् गैरसरकारी क्षेत्रका बीचमा आपसी साझेदारी र सहकार्य प्रवर्द्धनका उपाय बताउनुहोस् ।

    Explain ways and means for promotion of mutual cooperation and partnership among government, private sector and non-governmental organizations to the development of the country.

  3. 8.
    10

    जनता केन्द्रित विकास प्रक्रियामा स्थानीय स्वयत्त शासनको भूमिका उल्लेख गर्नुहोस् ।

    What might be the role of local governance, keeping people in the centre of the development process?

Section D
  1. 9.
    3 + 3 + 4 = 10

    जैविक विविधता भन्नाले के बुझिन्छ ? यसको फाइदा उल्लेख गर्नुहोस् । नेपालमा जैविक विविधताको कसरी संरक्षण गर्न सकिन्छ ?

    What do you mean by biodiversity? What are the benefits of its? How can we conserve biodiversity in Nepal?

  2. 10.
    5 + 5 = 10

    "वातावरण मैत्री विकास" को अवधारणा स्पष्ट गर्नुहोस् । वातावरण मैत्री विकास प्रवर्धनमा देखिएका प्रमुख चुनौती र समाधान गर्ने उपाय बताउनुहोस् ।

    Explain the concept of "environment friendly development". Write key challenges on the way to promote of environment friendly development and suggest the ways and means to resolve these challenges.

समाप्त

Want a manual check to your answers?

Sign in to HaakimSaab and get three answers a week checked and fully reviewed by our experts, so you know exactly where your weaknesses are.

Start preparing free