HaakimSaab
HaakimSaab.
Read.Revise.Rise.

Loading

शाखा अधिकृत २०७३ का प्रश्नहरू

PSC Section Officer 2073 (Past Questions)

Held Chaitra 2073. All 2 papers from the Lok Sewa Aayog Section Officer (Sakha Adhikrit) written exam, transcribed in Nepali and English. A preview of each paper is shown below; open any paper for the full set.

HaakimSaabHaakimSaab.

शासन प्रणाली (Governance Systems)

10 questions · 100 marks · 3 hours

  1. 1.
    (3 + 3 + 4) = 10

    नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापनको परिचय दिनुहोस् । राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका समसामयिक सवालहरूको विवेचना गर्दै नेपालले अवलम्बन गर्नुपर्ने भावी रणनीतिबारे चर्चा गर्नुहोस् ।

    Give an introduction of the National Security Management of Nepal. What are the contemporary issues in National Security Management and what kinds of strategy should Nepal adopt in coming days?

  2. 2.
    10

    राष्ट्र र राज्यबारे नेपालको संविधानले गरेको व्यवस्था उल्लेख गर्दै राष्ट्र निर्माण र राज्य निर्माणका अवधारणा बारेमा चर्चा गर्नुहोस् ।

    Write the constitutional provision of nation and state, discuss its concepts of nation building and state building.

  3. 3.
    (4 + 3 + 3) = 10

    नेपालको कार्यपालिकाको गठन विधि उल्लेख गर्दै कार्यपालिकाको विधायिकी वित्तीय भूमिकाबारे स्पष्ट गर्नुहोस् ।

    Mention the process of forming the executive branch of Nepal and describe its legislative and financial roles.

  4. 4.
    10

    नागरिक अधिकार र नागरिक जिम्मेवारीको सन्बन्धमा नेपालको संविधानले के कस्तो व्यवस्था गरेको छ ? नागरिक अधिकार र नागरिक जिम्मेवारीको पूर्ण प्रयोगको लागि आवश्यक नागरिक चेतनाको अभिवृद्धि कसरी गर्न सकिन्छ ?

    Mention the constitutional provision on civil right and civil responsibility in the constitution of Nepal. How could we enhance civic sense in public to materialize the civil right, civil responsibility properly?

Read all 10 questions
HaakimSaabHaakimSaab.

समसामयिक विषय (Contemporary Issues)

10 questions · 100 marks · 3 hours

  1. 1.
    10

    जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, संरक्षणको महत्त्व र आवश्यकताबारे आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

    Give your opinion on needs and importance of social security, protection for senior citizen.

  2. 2.
    10

    विद्युतीय अपराध भन्नाले के बुझिन्छ ? यो नियन्त्रण गर्न कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ?

    What do you understand about the cyber crime? What measures should be applied to control it?

  3. 3.
    10

    नेपाली समाजमा विद्यमान् आर्थिक, सामाजिक असमानता र सीमान्तीकरणबारे विश्लेषण गर्दै यसले सृजना गरेको द्वन्द्वहरूको पहिचान गरी समस्या समाधान गर्न के गर्नुपर्ला ?

    Analyse the economic and social disparties and marginalization in Nepalese society. Identify the reason of conflict and suggest to control it.

  4. 4.
    10

    आर्थिक बृद्धि र आर्थिक विकास बीचको फरक बताउँदै नेपालले हालसम्म सो अनुसारको विकासका लक्ष्यहरू प्राप्त गर्न नसक्नुका कारण बारे आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।

    Differentiate economic growth and economic development and give reasons why Nepal has not yet achieved the development goals as expected?

Read all 10 questions

Want a manual check to your answers?

Sign in to HaakimSaab and get three answers a week checked and fully reviewed by our experts, so you know exactly where your weaknesses are.

Start preparing free