शासन प्रणाली (Governance Systems)
Full Marks: 100Falgun 2071
- 1.10
नेपालमा विकेन्द्रीकरणका प्रयासहरू उल्लेख गर्नुहोस् र स्थानीय स्वायत्त शासन ऐन, १९९९ का आधारमा स्थानीय स्वायत्त शासन प्रणालीका विशेषताहरू लेख्नुहोस् ।
Mention the efforts of decentralization in Nepal and write the characteristics of local self-governance system based on the Local Self-Governance Act, 1999.
- 2.10
नेपालको वर्तमान शासन प्रणाली संसदीय प्रणालीसँग मिल्दोजुल्दो छ भनिन्छ । हाम्रो शासन प्रणालीलाई संसदीय प्रणालीका विशेषताहरूसँग तुलना गर्नुहोस् ।
It is said that Nepal's present governance system is similar to parliamentary system. Compare our governance system with the characteristics of the parliamentary one.
- 3.(5 + 5)
शासन प्रणालीमा पारदर्शिता किन वाञ्छनीय हुन्छ ? शासन प्रणालीलाई पारदर्शी बनाउन नेपालले चालेका कदमहरू उल्लेख गर्नुहोस् ।
Why transparency is desirable in the governance system? State the steps taken by Nepal to make the governance system transparent.
- 4.(5 + 5)
नेपालको संवैधानिक विकासको वर्णन गर्दै "नेपालको अन्तरिम संविधान, २०६३" का आधारभूत विशेषताहरू लेख्नुहोस् ।
Describing the constitutional development in Nepal, write down the fundamental features of "Interim Constitution of Nepal, 2063."
- 5.(5 + 5)
लोकतान्त्रिक शासन प्रणालीमा नागरिक सचेतनाको महत्त्व उल्लेख गर्नुहोस् । राष्ट्र निर्माणको सन्दर्भमा जनताका जिम्मेवारीहरू स्पष्ट पार्नुहोस् ।
Mention the importance of the citizen awareness in democratic governance system. Clarify the people's responsibilities in the context of nation building.
- 6.(3 + 7)
विद्युतीय शासन (e-governance) के हो ? नेपालमा विद्युतीय शासनका सम्भावनाहरूबारे छोटकरीमा टिप्पणी गर्नुहोस् ।
What is e-governance? Briefly comment on the prospects of e-governance in Nepal.
- 7.(5 + 5)
नेपालमा सार्वजनिक कोषको उचित उपयोगका लागि के कस्ता व्यवस्थाहरू छन् ? सार्वजनिक कोषको उपयोगमा नैतिकताको भूमिका दृष्टान्तसहित प्रस्तुत गर्नुहोस् ।
What are the provisions for proper utilization of public funds in Nepal? Illustrate role of morality in utilizing public funds.
- 8.10
"नेपालमा सार्वजनिक सेवा प्रवाह प्रभावकारी छैन" भनी आम जनताले गुनासो गर्ने गरेका छन् । यसलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ? सुझाव दिनुहोस् ।
"The public service delivery is not effective in Nepal" as complained by general people. What should be done in order to make it effective? Suggest.
- 9.(5 + 5)
उच्च कार्यसम्पादन स्तर भएको प्रतिभाशाली मानव स्रोत आकर्षित गर्न लोक सेवा आयोग र सञ्चालक निकायले निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण भूमिकाहरू के के हुन् भन्ने तपाईं ठान्नुहुन्छ ?
What are the important roles that you consider to be played by Public Service Commission and operating agency to attract talented human resource with higher level of performance?
- 10.10
सहभागितामूलक योजनाको सन्दर्भमा नेपालमा गरिएका सुधारका प्रयासहरूको छोटकरीमा मूल्याङ्कन गर्नुहोस् ।
In the context of participatory planning, evaluate briefly on the reform efforts taken in Nepal.
समाप्त