शासन प्रणाली (Governance Systems)
10 questions · 100 marks · 3 hours
- 1.10
नेपालमा विकेन्द्रीकरणका प्रयासहरू उल्लेख गर्नुहोस् र स्थानीय स्वायत्त शासन ऐन, १९९९ का आधारमा स्थानीय स्वायत्त शासन प्रणालीका विशेषताहरू लेख्नुहोस् ।
Mention the efforts of decentralization in Nepal and write the characteristics of local self-governance system based on the Local Self-Governance Act, 1999.
- 2.10
नेपालको वर्तमान शासन प्रणाली संसदीय प्रणालीसँग मिल्दोजुल्दो छ भनिन्छ । हाम्रो शासन प्रणालीलाई संसदीय प्रणालीका विशेषताहरूसँग तुलना गर्नुहोस् ।
It is said that Nepal's present governance system is similar to parliamentary system. Compare our governance system with the characteristics of the parliamentary one.
- 3.(5 + 5)
शासन प्रणालीमा पारदर्शिता किन वाञ्छनीय हुन्छ ? शासन प्रणालीलाई पारदर्शी बनाउन नेपालले चालेका कदमहरू उल्लेख गर्नुहोस् ।
Why transparency is desirable in the governance system? State the steps taken by Nepal to make the governance system transparent.
- 4.(5 + 5)
नेपालको संवैधानिक विकासको वर्णन गर्दै "नेपालको अन्तरिम संविधान, २०६३" का आधारभूत विशेषताहरू लेख्नुहोस् ।
Describing the constitutional development in Nepal, write down the fundamental features of "Interim Constitution of Nepal, 2063."
समसामयिक विषय (Contemporary Issues)
10 questions · 100 marks · 3 hours
- 1.10
द्वन्द्वको परिभाषा गर्दै नेपालको सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न के कस्तो व्यवस्थाको आवश्यकता रहेको छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
Define the term conflict and describe your opinion about the requirements for social and cultural transformation in Nepal.
- 2.10
नेपालमा सामाजिक न्याय र समानताको लागि राज्यबाट अबलम्बन गरिएको नीति र कार्यक्रमहरूको विवेचना गर्नुहोस् ।
Describe the policies and programs undertaken by the state in Nepal for the social justice and equality.
- 3.10
विगत जनगणनाको तुलनामा २०६८ को जनगणनामा जनसंख्या वृद्धिदर कम हुनाका कारणहरू उल्लेख गर्नुहोस् र जनसंख्या वृद्धिबाट अर्थतन्त्रमा पर्ने प्रभावबारे विवेचना गर्नुहोस् ।
Clearly present the reason of low rate of population increase in 2068 census in comparison to the past census and discuss the effect of population increase in national economy.
- 4.10
मुलुकको समग्र आर्थिक विकासको लागि तिन खम्बे आर्थिक नीति (सरकारी, निजी, र सहकारी) कत्तिको प्रभावकारी हुने ठान्नु हुन्छ ? विवेचना गर्नुहोस् ।
Discuss the effectiveness of the three pillar economic policy (public, private and co-operative) for the overall economic development of the country.