समसामयिक विषय (Contemporary Issues)
Full Marks: 100Chaitra 2071
- 1.10
द्वन्द्वको परिभाषा गर्दै नेपालको सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न के कस्तो व्यवस्थाको आवश्यकता रहेको छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
Define the term conflict and describe your opinion about the requirements for social and cultural transformation in Nepal.
- 2.10
नेपालमा सामाजिक न्याय र समानताको लागि राज्यबाट अबलम्बन गरिएको नीति र कार्यक्रमहरूको विवेचना गर्नुहोस् ।
Describe the policies and programs undertaken by the state in Nepal for the social justice and equality.
- 3.10
विगत जनगणनाको तुलनामा २०६८ को जनगणनामा जनसंख्या वृद्धिदर कम हुनाका कारणहरू उल्लेख गर्नुहोस् र जनसंख्या वृद्धिबाट अर्थतन्त्रमा पर्ने प्रभावबारे विवेचना गर्नुहोस् ।
Clearly present the reason of low rate of population increase in 2068 census in comparison to the past census and discuss the effect of population increase in national economy.
- 4.10
मुलुकको समग्र आर्थिक विकासको लागि तिन खम्बे आर्थिक नीति (सरकारी, निजी, र सहकारी) कत्तिको प्रभावकारी हुने ठान्नु हुन्छ ? विवेचना गर्नुहोस् ।
Discuss the effectiveness of the three pillar economic policy (public, private and co-operative) for the overall economic development of the country.
- 5.10
नेपालमा वैदेशिक साहायताको महत्त्वबारे प्रकाश पार्दै वैदेशिक साहायतालाई प्रभावकारी रूपमा परिचालन गर्न के कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला ? उल्लेख गर्नुहोस् ।
Highlighting the importance of foreign aid in Nepal, describe the measures that should be taken for effective mobilization of foreign aid.
- 6.10
दिगो विकासको अवधारणा उल्लेख गर्दै नेपालको दिगो विकासका प्रमुख व्यवधानहरू उल्लेख गर्नुहोस् ।
Clearly spell out the concept of sustainable development and also mention the major hindrance of the sustainable development in Nepal.
- 7.10
आजको विश्वमा विकास सर्वसम्बन्धि (Cross-cutting) तथा समसामयिक विषय के के हुन् ? तपाईंको विश्लेषणमा यी विषयको प्रभावकारी संयोजन गर्नका लागि नेपालको वर्तमान आवधिक योजनाको दस्तावेजमा कसरी आत्मासात तथा मूलप्रवाहीकरण गरिएको पाउनुभएको छ ?
What are the cross-cutting and contemporary issues of development in the present world? In your analysis, how much issues of development are internalized and mainstreamed in Nepal's present periodic plan document for bringing effectiveness?
- 8.10
नेपालको आर्थिक–सामाजिक विकासमा सामाजिक सांस्कृतिक परम्परा, सामाजिक मूल्य र मान्यताले पुऱ्याएको नकारात्मक र सकारात्मक भूमिकाको चर्चा गर्नुहोस् ।
Describe the positive and negative role of socio-cultural tradition, social values and norms on the socio-economic development of Nepal.
- 9.10
नेपालमा वन विनाश हुनाका कारणहरू उल्लेख गर्दै त्यसबाट परेका असरहरूको विवेचना गर्नुहोस् ।
Mentioning the reasons of deforestation, discuss the effects of deforestation in Nepal.
- 10.10
जलस्रोतको धनी देश भएरपनि नेपालमा उर्जा संकट हुनुका कारणहरू के हुन् ? साथै सो समस्याबाट मुक्ति पाउन के गर्नु पर्दछ ? उल्लेख गर्नुहोस् ।
In spite of being a rich country in water resources, what are the causes of having energy crisis in Nepal? And, mention what needs to be done to get rid of such crisis?
समाप्त