शासन प्रणाली (Governance Systems)
Full Marks: 100Chaitra 2070
- 1.10
शासन (governance) का विशिष्ट विशेषताहरू दिनुहोस् र शासन तथा सरकार बीचका प्रमुख भिन्नताहरू देखाउनुहोस् ।
Give the specific characteristics of governance and show the major differences between governance and government.
- 2.10
नेपालको प्रशासनिक संरचनालाई जनमैत्री बनाउन आवश्यक सुधारका उपायहरू व्याख्या गर्नुहोस् ।
Explain the necessary reform measures to make Nepalese administrative structure people-friendly.
- 3.10
नेपालको वर्तमान सामाजिक–आर्थिक र राजनीतिक परिस्थितिमा सूचनाको हकको सुनिश्चितता गर्न बाधा पुर्याइरहेका चुनौतीहरू छोटकरीमा व्याख्या गर्नुहोस् र सूचनाको हक तथा पारदर्शिताका सीमाहरू पनि उल्लेख गर्नुहोस् ।
Briefly explain the challenges that hindering the assurance of right to information in Nepal's current socio-economic and political situation and also mention the limitations of right to information and transparency.
- 4.10
नेपालको अन्तरिम संविधान, २०६३ मा राज्यका तीन प्रमुख अङ्गहरू बीच शक्तिको प्रभावकारी नियन्त्रण र सन्तुलन कसरी व्यवस्थापन गरिएको छ ? चर्चा गर्नुहोस् ।
Discuss how effective check and balance of power between three main organs of the state has been managed in the Interim Constitution of Nepal, 2063.
- 5.(6 + 4)
"कानूनी शासन" को अवधारणा व्याख्या गर्नुहोस् र नेपालमा कानूनी शासनको अवस्थाको मूल्याङ्कन गर्नुहोस् ।
Explain the concept of "rule of law" and evaluate the state of rule of law in Nepal.
- 6.(3 + 7)
"राजनीतिक तटस्थता" के हो ? नेपालको सार्वजनिक व्यवस्थापनमा यसको प्रयोगसम्बन्धी वर्तमान समस्याहरू पहिचान गरी चर्चा गर्नुहोस् ।
What is "Political Neutrality"? Identify and discuss the present problems regarding its use in Nepalese public management.
- 7.(5 + 5)
नेपालमा प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि लिइएका नवीन पहलहरू उल्लेख गर्नुहोस् र यसलाई प्रभावकारी बनाउने क्रममा सामना गर्नुपरेका सार्वजनिक सेवा प्रवाहका प्रमुख समस्याहरूको समीक्षा गर्नुहोस् ।
Mention the innovative initiatives taken for effective public service delivery in Nepal and review the major problems of public service delivery encountered in order to make it effective.
- 8.(5 + 5)
"सार्वजनिक सेवा बडापत्र" का उद्देश्यहरूमा प्रकाश पार्दै यसका फाइदाहरू उल्लेख गर्नुहोस् ।
Shading light on the objectives of "Public service charter", mention its benefits.
- 9.(5 + 5)
मानव स्रोत विकासका विशेषताहरू उल्लेख गर्नुहोस् र मानव स्रोत व्यवस्थापनको आवश्यकतालाई पुष्टि गर्नुहोस् ।
Mention the characteristics of human resource development and justify the need of Human Resource Management.
- 10.(4 + 6)
सरकारी लेखा प्रणाली व्याख्या गर्नुहोस् र नेपालको वित्तीय व्यवस्थापनमा यस प्रणालीको योगदानबारे चर्चा गर्नुहोस् ।
Explain government accounting system and discuss the contribution of this system to financial management in Nepal.
समाप्त