शासन प्रणाली (Governance Systems)
10 questions · 100 marks · 3 hours
- 1.10
शासन (governance) का विशिष्ट विशेषताहरू दिनुहोस् र शासन तथा सरकार बीचका प्रमुख भिन्नताहरू देखाउनुहोस् ।
Give the specific characteristics of governance and show the major differences between governance and government.
- 2.10
नेपालको प्रशासनिक संरचनालाई जनमैत्री बनाउन आवश्यक सुधारका उपायहरू व्याख्या गर्नुहोस् ।
Explain the necessary reform measures to make Nepalese administrative structure people-friendly.
- 3.10
नेपालको वर्तमान सामाजिक–आर्थिक र राजनीतिक परिस्थितिमा सूचनाको हकको सुनिश्चितता गर्न बाधा पुर्याइरहेका चुनौतीहरू छोटकरीमा व्याख्या गर्नुहोस् र सूचनाको हक तथा पारदर्शिताका सीमाहरू पनि उल्लेख गर्नुहोस् ।
Briefly explain the challenges that hindering the assurance of right to information in Nepal's current socio-economic and political situation and also mention the limitations of right to information and transparency.
- 4.10
नेपालको अन्तरिम संविधान, २०६३ मा राज्यका तीन प्रमुख अङ्गहरू बीच शक्तिको प्रभावकारी नियन्त्रण र सन्तुलन कसरी व्यवस्थापन गरिएको छ ? चर्चा गर्नुहोस् ।
Discuss how effective check and balance of power between three main organs of the state has been managed in the Interim Constitution of Nepal, 2063.
समसामयिक विषय (Contemporary Issues)
10 questions · 100 marks · 3 hours
- 1.10
नेपालमा भ्रष्टाचार वृद्धि हुनुका कारणहरू उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न के कस्तो उपायहरू अवलम्बन गर्नुपर्ला? आफ्नो सुझाव दिनुहोस् ।
State the causes of corruption increase in Nepal. What measures shall be taken to control corruption, your own suggestion.
- 2.10
सामाजिक द्वन्द्वको परिचय दिँदै नेपालमा देखिँदै आएको सामाजिक द्वन्द्वको प्रमुख श्रोत तथा कारणहरू के के रहेको पाउनुहुन्छ ? चर्चा गर्नुहोस् ।
Introduce the concept of social conflict. What are the major source and cause of social conflict in Nepal? Explain.
- 3.5 + 5
जनसंख्या वृद्धिका कारणहरू के के हुन् ? जनसंख्या वृद्धिले विकासोन्मुख राष्ट्रमा पार्ने असरहरूबारे विवेचना गर्नुहोस् ।
What are the reason of population growth? Explain the impact of population growth in the developing nation.
- 4.10
बैदेशिक लगानी भन्नाले के बुझिन्छ ? आर्थिक विकास र बैदेशिक लगानीको अन्तर्सम्बन्धको विवेचना गर्नुहोस् ।
What do you mean by Foreign Investment? Describe the interrelation between Economic development and foreign Investment.