समसामयिक विषय (Contemporary Issues)
Full Marks: 100Chaitra 2070
- 1.10
नेपालमा भ्रष्टाचार वृद्धि हुनुका कारणहरू उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न के कस्तो उपायहरू अवलम्बन गर्नुपर्ला? आफ्नो सुझाव दिनुहोस् ।
State the causes of corruption increase in Nepal. What measures shall be taken to control corruption, your own suggestion.
- 2.10
सामाजिक द्वन्द्वको परिचय दिँदै नेपालमा देखिँदै आएको सामाजिक द्वन्द्वको प्रमुख श्रोत तथा कारणहरू के के रहेको पाउनुहुन्छ ? चर्चा गर्नुहोस् ।
Introduce the concept of social conflict. What are the major source and cause of social conflict in Nepal? Explain.
- 3.5 + 5
जनसंख्या वृद्धिका कारणहरू के के हुन् ? जनसंख्या वृद्धिले विकासोन्मुख राष्ट्रमा पार्ने असरहरूबारे विवेचना गर्नुहोस् ।
What are the reason of population growth? Explain the impact of population growth in the developing nation.
- 4.10
बैदेशिक लगानी भन्नाले के बुझिन्छ ? आर्थिक विकास र बैदेशिक लगानीको अन्तर्सम्बन्धको विवेचना गर्नुहोस् ।
What do you mean by Foreign Investment? Describe the interrelation between Economic development and foreign Investment.
- 5.10
"गरिबी र बेरोजगारी बीच अन्योन्याश्रित सम्बन्ध छ" पुष्टि गर्नुहोस् ।
"Poverty and unemployment are inter-related" prove this statement.
- 6.10
विकासका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्यको अवधारणाबारे विवेचना गर्नुहोस् । नेपालमा यस अवधारणाको भविष्य कस्तो देख्नुहुन्छ ?
Explain the concept of public private partnership (PPP) for development. How do you see the future prospects of this concept in Nepal?
- 7.10
अल्पविकसित देशहरूमा दिगो विकासको वातावरणीय आयाम र प्राकृतिक स्रोत साधनमाथिको निर्भरता बीच कसरी सामञ्जस्यता गर्न सकिएला ? चर्चा गर्नुहोस् ।
How least development countries can harmonize their dependency on natural resources with environmental aspect of sustainable development? Describe.
- 8.10
नेपालको विकास प्रक्रियामा राज्य र विकेन्द्रिकरणको भूमिकाको विस्तृत विवेचना गर्नुहोस् ।
Analyze the role of state and decentralization in the development process of Nepal.
- 9.10
नेपालमा उर्जा संकटको सामाजिक तथा आर्थिक सम्वेदनशीलता के के रहेका छन् ? मुलुकमा वैकल्पिक तर वातावरणमैत्री उर्जाको स्रोतको प्रबर्द्धनका लागि चालिनुपर्ने प्रभावकारी उपायका बारेमा सुझाव प्रस्तुत गर्नुहोस् ।
What are the social and economic sensitivity of energy crisis in Nepal? Suggest effective measures to be realized for promoting alternative but environment friendly sources of energy in the country.
- 10.10
जलवायु परिवर्तन भनेको के हो ? जलवायु परिवर्तनका असरहरू र ती असरहरूलाई कम गर्न अपनाउनुपर्ने उपायहरू उल्लेख गर्नुहोस् ।
What is climate change? Mention the effects of climate and the measures to mitigate those effects.
समाप्त