शासन प्रणाली (Governance Systems)
Full Marks: 100Chaitra 2072
- 1.(5 + 5) = 10
संयुक्त राष्ट्र संघ (UNO) को उद्देश्य र सिद्धान्तहरू उल्लेख गर्नुहोस् । संयुक्त राष्ट्र संघले आफ्नो उद्देश्य कति हदसम्म प्राप्त गरेको छ ? चर्चा गर्नुहोस् ।
Mention the purpose and principles of United Nations organization (UNO). How far UNO has achieved its purpose? Discuss.
- 2.10
नेपालले सुरु गरेको संघीय शासन प्रणालीको प्रभावकारिताका लागि वर्तमान प्रशासनिक संरचनामा कस्ता सुधारहरू उपयुक्त हुन्छन् ? आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।
What kind of improvements would be suitable to the present administrative structure for the effectiveness of federal governance system initiated by Nepal? Present your logic.
- 3.10
शासन (Governance) र सरकार (Government) एउटै हो ? उपयुक्त उदाहरणसहित उत्तर दिनुहोस् ।
Whether governance and government are same? Give answer with appropriate illustration.
- 4.(5 + 5)
लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र प्रवर्द्धनका सम्बन्धमा नेपालको विद्यमान संविधानले अवलम्बन गरेका सिद्धान्तहरूमाथि प्रकाश पार्नुहोस् ।
Highlight the principles adopted in the existing constitution of Nepal in relation to the preservation and promotion of democratic norms and values.
- 5.(5 + 5)
छोटकरीमा लेख्नुहोस् : (क) सकारात्मक कार्य (Affirmative action) (ख) समानुपातिक प्रतिनिधित्व (Proportional representation)
Write short notes on: (a) Affirmative action (b) Proportional representation
- 6.10
"पारदर्शिता र जवाफदेहिता सार्वजनिक सेवा प्रवाहका दुई प्रमुख स्तम्भ हुन् ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।
"Transparency and accountability are the two main pillars of public service delivery." Justify the statement.
- 7.10
नेपालको सार्वजनिक कोष प्रशासनमा नैतिकता र सदाचारको क्षयीकरण हुनुका प्रमुख कारणहरू उल्लेख गर्दै यसका समाधानका उपायहरूबारे चर्चा गर्नुहोस् ।
Mentioning the main causes for the degradation of ethics and morality in the public fund administration of Nepal, discuss the methods for its remedies.
- 8.(5 + 5)
छोटकरीमा लेख्नुहोस् : (क) कर्मचारीतन्त्रका विशेषताहरू (Characteristics of bureaucracy) (ख) विद्युतीय शासन (E-governance)
Write short notes on: (a) Characteristics of bureaucracy (b) E-governance
- 9.(5 + 5)
मानव स्रोत व्यवस्थापनका विभिन्न आयामहरू व्याख्या गर्नुहोस् । कर्मचारी प्राप्तिमा संलग्न चरणहरू उल्लेख गर्नुहोस् ।
Explain the different dimensions of Human Resource Management. Mention the steps involved in acquiring the personnel.
- 10.10
योजना निर्माणमा संलग्न क्रियाकलापहरू के के हुन् ? व्याख्या गर्नुहोस् ।
What are the activities involved in the formulation of a plan? Explain.
समाप्त