HaakimSaab
HaakimSaab.
Read.Revise.Rise.

Loading

HaakimSaabHaakimSaab.
Time: 3 hours

समसामयिक विषय (Contemporary Issues)

Full Marks: 100

Chaitra 2072


Section A
  1. 1.
    10

    सामाजिक संरक्षणको अवधारणा स्पष्ट पार्दै सामाजिक बचाउ र सामाजिक सुरक्षाको अवधारणासँग यसको सम्बन्ध प्रष्ट पार्नुहोस् ।

    Clearly spell out the concept of social protection and clarify its interrelationship with the concept of social safety and social security.

  2. 2.
    3 + 6

    अन्तर्राष्ट्रिय अभिसन्धि अनुसार "शरणार्थी" शब्दलाई कसरी परिभाषित गरिएको छ ? स्पष्ट पार्नुहोस् र नेपालमा भुटानी शरणार्थी व्यवस्थापनबारे लेख्नुहोस् ।

    How the term "Refugee" is defined under international convention? Clarify and write down about the Bhutanese refugee management in Nepal.

  3. 3.
    3 + 6

    "आतंकवादमा लगानी" भनेको के हो ? यस्तो अवैध क्रियाकलापलाई निरुत्साहित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा के कस्ता प्रबन्धहरू मिलाइएका छन् ? स्पष्ट पार्नुहोस् ।

    What do you mean by "terrorist financing"? What kinds of arrangement are made at the national and international level to denounce such illegal activities? Clarify.

Section B
  1. 4.
    5 + 5

    आर्थिक कुटनीति भन्नाले के बुझिन्छ ? यसलाई नेपालको वैदेशिक नीतिमा के कति महत्त्व दिइएको छ ?

    What do you mean by the "Economic Diplomacy"? What sort of importance has been given to it in the foreign policy of Nepal? Give your opinion.

  2. 5.
    10

    प्राथमिकताको आधारमा नेपालको द्रुत विकासका लागि तीन महत्त्वपूर्ण आर्थिक पक्षहरूको पहिचान गरी तथ्य र तथ्याङ्क सहित यसको पुष्टि गर्ने तार्किक उत्तर लेख्नुहोस् ।

    What in your opinion could be three important economic sectors on priority basis for speeding up economic growth of Nepal? Give a logical answer supporting by relevant facts and statistics.

Section C
  1. 6.
    10

    "अधिकार निक्षेपणबाट तल्लो तहले निर्णय गर्ने कुरामा अधिकतम स्वतन्त्रता पाउँछ ।" यस भनाइप्रति आफ्नो धारणा दिनुहोस् ।

    "Devolution carries the highest degree of decision making independence at the lower level". Present yours view in this regard.

  2. 7.
    10

    नेपालमा विकासका मामिलाहरू र चुनौतिहरूका सन्दर्भमा जानकारी गराउनुहोस् ।

    Mention the development issues and challenges in Nepal.

  3. 8.
    10

    विकासको कुन क्षेत्रमा सरकारी संयन्त्रभन्दा राज्यबाहिरका संस्थाहरू प्रभावकारी हुन सक्दछन् ? तथ्य र उदाहरण सहित आफ्नो सुझाव दिनुहोस् ।

    In which sector of development, the non-state actors can play effective role then state mechanism? Give suggestion with facts and examples.

Section D
  1. 9.
    10

    नेपालले अहिले सबभन्दा बढि ऊर्जा संकट व्यहोरिरहेको छ । ऊर्जा संकट कम गर्न के के वैकल्पिक उपायहरू अवलम्बन गर्नुपर्ला ? बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् ।

    Nepal is facing the highest level of energy crisis at present. What alternative strategies Nepal should adopt to minimize the present crisis? Give in points.

  2. 10.
    10

    वातावरण मैत्री दीगो विकास प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासबारे लेख्नुहोस् ।

    Present the initiatives taken nationally and internationally for the promotion of environment friendly sustainable development.

समाप्त

Want a manual check to your answers?

Sign in to HaakimSaab and get three answers a week checked and fully reviewed by our experts, so you know exactly where your weaknesses are.

Start preparing free